ललिता निवास प्रकरणमा आरोप पुष्टि भए माधव नेपाललाई पनि कारबाही गर्नुपर्छः आले

ललिता निवास प्रकरणमा आरोप पुष्टि भए माधव नेपाललाई पनि कारबाही गर्नुपर्छः आले

  • शुक्रबार, असार २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार २२, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्ष माधव कुमार नेपालको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आज दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताए।

ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै आलेले उक्त प्रकरणमा धेरै व्यक्तिको नाम आएकाले निष्पक्ष छानविन गरी दोषी भए कारबाही गर्नुपर्ने बताए। पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गरे।

सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेलासमेत आउनसक्ने बताउदै उनले राज्यको सम्पती दोहन नहोस भनेर आफूले पशुपति जग्गाको विषयमा आवाउ उठाएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ