अहिले सरकार ढल्ने कुनै सम्भावना छैनः सञ्चारमन्त्री शर्मा

अहिले सरकार ढल्ने कुनै सम्भावना छैनः सञ्चारमन्त्री शर्मा

  • शुक्रबार, असार २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असार २२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् ।

पछिल्लो समय प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागिरहेका बेला
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले सरकार दायाँबायाँ हुने अवस्थामा नरहेकोमा ढुक्क हुन आग्रह गरिन् । सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माको व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिमा दाहालले नै स्पष्ट पारिसकेको पनि उनले बताइन् ।

सरकारलाई जनताको पूर्ण साथ रहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको भन्दै सरकारलाई जनताको पूर्ण साथ रहेको र सरकारले राम्रो काम गरिरहेको बताईन् ।

सरकारले हाई प्रोफाइल संलग्न भ्रष्टाचारका फाइल खोलिरहेकाले पनि जनताको साथ र समर्थन बढिरहेको मन्त्री शर्माको भनाइ छ । उनले भनिन्, जनताको मर्म बोक्ने, जनताका मुद्दा बोक्ने काम गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ छ । सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी थुप्रै काम गर्दैछ । हाई प्रोफाइल मान्छे नै भए पनि कानुनी दायरामा आउनुपर्छ । सबै कानुनको दायरामा आउनुपर्छ । गल्ती गर्ने मान्छेहरू कानुनको दायरामा आउनुपर्छ भन्ने कुरामा सरकार दृढताका साथ लागेको छ ।

मन्त्री शर्माले नागरिकता ऐन प्रमाणीकरण भएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको पनि बताइन् । त्यस्तै पछिल्लो समय मिटरब्याजसम्बन्धी अध्यादेश संसद् अवरोधका कारण निष्क्रिय भए पनि सरकारले तत्काल यससम्बन्धी विधेयक ल्याउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ