तिब्बती शरणार्थीले काठमाडौंमा मनाए दलाई लामाको जन्मदिन

तिब्बती शरणार्थीले काठमाडौंमा मनाए दलाई लामाको जन्मदिन

  • बिहिबार, असार २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असार २१, काठमाडौं । नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आज आफ्ना धार्मिक नेता दलाई लामाको ८८ औं जन्मदिन मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा आजदेखि ८८ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्।

लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले जन्मोत्सवको आयोजना गरेको हो। तिब्बती समुदायले काठमाडौंस्थित स्वयम्भुको नाम्गेल स्कूल परिसरमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाए ।

तिब्बती समुदायले तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए।

विशेष समारोहमा नेपालस्थित अमेरिकी, जापान, फान्स, युरोपियन युनियनलगायतका विदेशी कूटनीतिज्ञ सहभागी भएका छन्। अघिल्लो वर्ष उनीहरुले जाउलाखेलको खुला चउरमा कार्यक्रम गरेका थिए।

राजनीतिक अभिप्रायले नभई धार्मिक आस्थाअनुसार आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाइएको तिब्बती शरणार्थी समुदायका अगुवाले दाबी गरेका छन्। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक एवम् निर्वासित नेता लामाको जन्मदिन मनाउँदै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ