असार २१, काठमाडौं । नेकपा एमालेसहित विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागेपछि छलफल गर्न सत्तारुढ दलको बैठक बसेको छ।
सरकारमा सहभागि ७ दलको बैठक बालुवाटारमा बसिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपा र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राखेका छन्। सोहि विषयमा छलफल गर्न बालुवाटारमा बैठक बोलाइएको हो।
सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका शीर्ष नेता सहभागी छन्।
बुधबार संसद बैठकमा बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले देशको स्वाभीमानमा आँच आउने गरि खेदपूर्ण अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताएका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताए। उनले प्रधानमन्त्री दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।
गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा बैठक पनि अवरोध गरेको थियो।