२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले संसदीय दलको बैंठक बोलाएको छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने बताईएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको एमालेले सोहि बिषयमा छलफल गर्न बैंठक डाकेको हो । बैठक सिंहदरबारमा बस्नेछ ।
‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय रहेको र यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको भन्दै एमालेले बिरोध जनाएको छ ।
एमाले का एक नेताका अनुसार कांग्रेस लगायत सत्ता साझेदारले समेत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरेका छन् । उनीहरुले सत्ता गठबन्धनभित्र यस अभिव्यक्तिबारे छलफल हुने प्रतिपक्षी एमालेलाई बताएका छन् ।
भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पट पटक दिल्ली गएको खुलाएका थिए ।