बिआरआइ कार्यन्वयन हुँदा नेपालले लाभ पाउने स्थिति छ : गृहमन्त्री श्रेष्ठ

बिआरआइ कार्यन्वयन हुँदा नेपालले लाभ पाउने स्थिति छ : गृहमन्त्री श्रेष्ठ

  • आइतवार, असार १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पाँच दिने चीनको भ्रमण सकेर नेपाल फर्किएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण सफल भएको बताएका छन् । श्रेष्ठ पाँच दिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन्।

त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले चीन भ्रमण फलदायी भएको बताए। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्वीपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको श्रेष्ठले बताए।

चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको उनले बताए। चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको श्रेष्ठले बताए।

उनले व्यापारिक नाका खोल्ने र नेपाल(चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताए। श्रेष्ठले चीन सरकारसँग सम्झौता भएको बीआरआई कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए।

नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यान्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने उनले बताए।

नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको उनले बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए।

सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु(काठमाडौं रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरू गर्न आग्रह गरेको श्रेष्ठले बताए।

उनले भैरहवाभन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिंचाइ प्रणालीको अवलोकन गरेको बताए।

चीनका उप्रधानमन्त्रीले सिचुवान पार्टी प्रमुखले पनि सकारात्मक रूपले सोचिने विश्वास दिलाएको श्रेष्ठले बताए।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा गएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ