माधव नेपाल र मैले फेरी नेकपातिर फर्किने र सबै कम्युनिष्टलाई एकतावद्ध गर्ने भनेका छौँ : प्रचण्ड

माधव नेपाल र मैले फेरी नेकपातिर फर्किने र सबै कम्युनिष्टलाई एकतावद्ध गर्ने भनेका छौँ : प्रचण्ड

  • आइतवार, असार १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असार १७ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल र आफूले फेरी नेकपातिर फर्किने र सबै कम्युनिष्टहरुलाई एकतावद्ध बनाउने भन्दै आएको बताएका छन् ।

आज भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै बामपन्थीहरुलाई जोड्न समाजवादी मोर्चा बनाईएको उल्लेख गर्दै सबैलाई एकतावद्ध गर्ने बताए ।

उनले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको यात्रा शुरु गर्न सकिने ठानेर आफूले केपी ओलीसँग मिलेर पार्टी एकता गरे पनि त्यसलाई टिकाउन नसकेको बताए ।

त्यतिखेरका त्रुटीहरुलाई सच्याएर फेरी कम्युनिष्टहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको प्रधानमन्त्रीको भनाई छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ