राजनीतिक दलहरूले संसद्‍लाई प्रभावकारी बनाउने गरी भूमिका खेल्नुपर्छ : सभामुख घिमिरे

राजनीतिक दलहरूले संसद्‍लाई प्रभावकारी बनाउने गरी भूमिका खेल्नुपर्छ : सभामुख घिमिरे

  • शनिबार, असार १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

असार १६,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने बताएका छन् ।
६५ औं संसद्‍ दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले राजनीतिक दलहरूलाई संसद्‍ प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले संसद्‍ जनअपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भइरहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताएका ।
सभामुख घिमिरेले संसद्‍ जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउन पूर्व संसद्‍ क्लवभित्र छलफल गर्न उपयुक्त हुने पनि बताएका थिए ।

‘मलाई लाग्छ–संसद्‍ प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको नापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भए पनि जनअपेक्षा अनुरुपको हुन सकिरहेको छैन भन्ने आम अनभूति छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ । पार्टीहरुमार्फत् नै जनताले विश्वास दिनु भएको छ । र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरु आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ,’ सभामुख घिमिरेले भने ।

संघीय संसद्‍ सर्वोपरी संस्था भएकाले यसले काम गर्न सकिरहेको छ कि छैन भनी छलफल र बहस आवश्यक रहेको उनले बताएका थिए । साथै संसद्‍ले आवश्यकता र खाँचो अनुसार काम गर्न नसकेको भए वा कानुनको अभाव भएमा कानुन बनाउनुपर्ने पनि उनको सुझाव थियो ।

साथै संविधान वा कानुन नै बाधक भए यस्ता विषयमा छलफल चलाउन पूर्व सांसद क्लव उपयुक्त हुने उनको सुझाव थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ