अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला निराधार भएको भन्दै त्यस खेलमा काँग्रेस नलाग्ने स्पष्ट पारे ।
शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमालेसमेत समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको कुरा अस्वीकार गरेका हुन् ।
‘यो सबै अफवाह हो, भ्रम हो। संसद्मा सबै दलका नेताहरूसँग भेट भइरहेको हुन्छ। यसकै आधारमा हल्ला गर्नु हुँदैन,’ उनले भने,‘ गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ। देश र जनतालाई केन्द्रमा राखेर गठबन्धनले काम गरिरहेको छ। यो अफवाहको कुनै अर्थ छैन।’
‘नयाँ पार्टीले जे भने पनि हुन्छ। हामी भएको भए जूनतारा नै खसाल्दिन्छौं भन्छन्, टेस्टेड छैनन्, हो कि क्या हो, जूनतारा नै खसाल्छन् कि भन्ने हुनसक्छ,’ उनले भने, ‘हामीले गरेरै देखाउनुपर्छ।’
विभिन्न बाधाहरूले भनेजस्तो परिणाम हुन नसकेको र त्यसैलाई देखाएर नयाँ पार्टीले ुहामी भए यसो गरिदिन्थ्यौँ, उसो गरिदिन्थ्यौँ, भनेर सामाजिक सञ्जाल केन्द्रित भएको भनाइ उनले राखे।