पोखरामा आज प्रदेशका मुख्यमन्त्रीहरुको भेला, कोशीका मुख्यमन्त्री नजाने

पोखरामा आज प्रदेशका मुख्यमन्त्रीहरुको भेला, कोशीका मुख्यमन्त्री नजाने

  • शुक्रबार, असार १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं । देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन ।

गण्डकी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । सत्ता संघर्ष चुलिएका कारण कोशीका मूख्यमन्त्री भने भेलामा सहभागी नुहने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरुको भेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्रपछि प्रदेशका अभ्यास र अप्ठेराबारे प्रमुख सचिवहरुको प्रस्तुति रहने छ । मुख्यमन्त्रीहरुको भेलाले प्रदेशका समस्या र संघ सरकारले सम्वोधन गर्नुपर्ने, तत्काल कानुन बनाइदिनुपर्ने तथा स्थानीय तहले सहजीकरण गर्नुपर्ने विषयको निक्र्योल गरेर प्रधानमन्त्री समक्ष पेश गर्ने छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा शनिबार पोखरामै राष्ट्रिय समन्वय परिषदको बैठक बस्नेछ । राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ