विराटनगर । कोशी प्रदेशसभाको ८ बजेसम्मका लागि स्थगित भएको बैठक आज बस्दै छ ।
सभामुख बाबुराम गौतमले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
साढे ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक निर्धारित समयमा मुख्यमन्त्री तथा मन्त्रीहर नआएपछि राती ८ बजे बोलाइएको थियो । ८ बजेको बैठकमा पनि साढे ९ बजेसम्म मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएपछि शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।
यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई फोन गरेका थिए ।
विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै बैठक सार्न माग गरेका थिए । मुख्यमन्त्री कार्की यसअघि प्रदेशसभामा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै प्रदेशसभाबाट बाहिरिएका थिए ।
विश्वासको मतको प्रस्ताव उपर आजै मत विभाजन गर्ने सहमति अनुसार कार्यसुची तय भएकोमा मुख्यमन्त्री कार्कीले त्यसलाई एक दिन पर धकेलेका हुन् ।
उनी एक मत जुटाउने प्रयासमा लागेको स्रोतको भनाई छ । जसपा निर्णायक रहेको कोशीमा उसले तठस्थ रहने भनेपछि मुख्यमन्त्री अल्पमतमा पर्ने निश्चित भएको छ ।