चीनीया उपप्रधानमन्त्रीसँग नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भेट

चीनीया उपप्रधानमन्त्रीसँग नेपालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भेट

  • बुधबार, असार १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह ली फङबीच द्विपक्षीय भेटवार्ता भएको छ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा बुधबार भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो।

दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारे विचार तथा विमर्श भएको थियो। थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो।

यस्तै चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढंगबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ। दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दोहोर्‍याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैं समर्थन गर्दै आएकामा धन्यवाद दिए।

राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड गरेको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरे।

चिनियाँ उपप्रधानमन्त्री फङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताए। कोरोना महामारीपश्चात् द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उनले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्न आफूले पहल गर्ने विश्वास दिलाए।

उनले ‘वेस्टर्न चाइना इन्टरनेसनल एक्स्पो’ मा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारका तर्फबाट सहभागिता जनाएकामा खुसी प्रकट गरेका थिए। सन् २०१९ मा चीनका राष्ट्रपति सी चिन फिनको नेपाल भ्रमणका क्रममा आफूले पनि काठमाडौंको भ्रमण गरेको स्मरण गर्दै उपप्रधानमन्त्री फङले दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताए।

ल्अभिि
द्विपक्षीय भ्रमणका आदानप्रदानबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको उनको भनाइ थियो।

भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, छेन्दुस्थित नेपाली महावाणिज्य दूत दिनेशकुमार घिमिरे र उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ सहभागी थिए।

चीनको तर्फबाट उपप्रधानमन्त्री फङ, सिचुवान प्रान्तको पार्टी सेक्रेटरी वाङ स्यायो हुई, उपमन्त्री, बेल्ट एन्ड रोड इनिसियटिभ ९बिआरआई० को उच्च अधिकारी लगायतको सहभागिता थियो।

उपप्रधानमन्त्री श्रेष्ठ बुधबारै सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेृतत्व गर्दै छेन्दु पुगेका हुन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान जनसरकारका उपमहासचिव सिया ओफंग र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरे लगायतले स्वागत गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘वेस्टर्न चाइना इन्टरनेसनल एक्स्पो’ को उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ।

सिचुवान एयरलाइन्सका पदाधिकारी तथा सिचुवान इन्भेस्टमेन्ट समूहसँग छलफल गर्ने कार्यक्रम छ। उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन्।

उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनः निर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्ने कार्यक्रम छ।

रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ