असार १३ काठमाण्डौँ । पछिल्लो समय केपी ओली र रवि लामिछानेको गतिविधि एक हुँदै गएको छ । संसदमा सरकारको बिरोध गर्दा होस् वा संसद अवरुद्ध पार्दा दुबै ले नेतृत्व गरेको दल एक ठाँउमा उभिएको छ । आज पनि एमाले र रास्वपाले प्रधानमन्त्रीको सवोधन पछि संसद अवरुद्ध गरेका छन् ।
उनीहरुले उठेर बिरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि सभामुखले स्थगित गरेका छन् ।
उनीहरुले जिल्ला निर्वाचन कार्यलयहरु जिल्ला प्रशासन कार्यलय मातहत राख्न नहुने भन्दै संसद अवरुद्ध पारेका हुन् ।
मंगलबार पनि एमाले र रास्वपाले यही विषयमा संसद अवरोध गरेपछि अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदै जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका थिए । यो विषयलाई विनियोजन विधेयकमै सम्बोधन गरिनुपर्ने माग एमाले र रास्वपाको छ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने जिल्ला निर्वाचन कार्यालय खारेज नहुने अर्थमन्त्रीले यसअघि नै बताइसकेको विषय संसदमा राखेका थिए।