अब काँग्रेसको सदस्य हुन अनलाईबाटै आवेदन दिन सकिने, शुल्क २० रुपैया

अब काँग्रेसको सदस्य हुन अनलाईबाटै आवेदन दिन सकिने, शुल्क २० रुपैया

  • बुधबार, असार १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

नेपाली कांग्रेसले अनलाइनबाटै पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था सुरू गरेको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले अनलाइनबाटै सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको हो।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले २० रुपैयाँ बुझाएर अनलाइनबाटै कांग्रेसको साधारण सदस्यता लिन सकिने छ।

सदस्यता लिन चाहनेले वेबसाइटमा गएर आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको डा. प्रदीप पराजुलीले बताए।

सदस्यता फारम भरेपछि सोको जानकारी मोबाइलमा म्यासेजमार्फत आउनेछ। ‘यसरी प्राप्त आवेदन पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ,’ पराजुलीले आज निकालेको विज्ञप्तिमा भनिएको छ।  क्रियाशील सदस्यता नवीकरण अब जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको छ। कांग्रेसले क्रियाशील सदस्यता पनि खुला गरिसकेको जनाएको छ। केही समयपछि क्रियाशील नवीकरण आवेदन पनि पार्टीको वेबसाइटबाटै अनलाइनमै भर्न सकिने व्यवस्था मिलाइने पराजुलीले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ