पाँच वर्ष सम्म यो गठबन्धनकै नेतृत्वमा सरकार कायम रहन्छ : प्रचण्ड

पाँच वर्ष सम्म यो गठबन्धनकै नेतृत्वमा सरकार कायम रहन्छ : प्रचण्ड

  • सोमवार, असार ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने दावी गरेका छन् ।

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले मिडियामा सरकारको आयु बारे विभिन्न ठिप्पणी आएको भन्दै सत्तापक्ष र प्रतिपक्षसँगको पनि छलफलबाट आफू यो गठबन्धन पाँच वर्ष टिक्नेमा ढुक्क रहेको बताएका छन् ।

‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’ उनले भने ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृति भएकाहरूले विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो ।

१० वर्षमा दश हजार मेगावाट बिजुली बेच्ने, बंगलादेशमा बिजुली बेच्ने सहमति जस्ता थुप्रै विषयहरु भ्रमणका ऐतिहासिक उपलव्धि भएको उनको भनाई छ ।

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ