सरकार फेर्ने कुरा हल्ला मात्र हो :देउवाले प्रधानमन्त्रीलाई भने

सरकार फेर्ने कुरा हल्ला मात्र हो :देउवाले प्रधानमन्त्रीलाई भने

  • सोमवार, असार ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

असार ११ काठमाण्डौँ । काँग्रेस सभापति शेर बहादुर देउवा सिंहापुरमै हुँदा नेपालमा दोस्रो तहमा एमाले र काँग्रेसका नेताहरुबीच छलफल बाक्लिएको र सरकार ढाल्ने कसरत भएको चर्चा चल्यो ।

देउवा पत्नी र छोरा सहित सिंहापुर गएर निर्धारित समय भन्दा लामो अवधि बसेपछि प्रधानमन्त्री प्रचण्डमा पनि शसंका पैदा भएको थियो ।

एमाले नेताहरुले आफूहरुले चाहेमा एक साता भित्र सरकार ढाल्न सक्ने भन्दै सार्वजनिक घोषणा गर्न थालिसकेका थिए । एकातिर बजेटप्रति गठबन्धन भित्र समेत असन्तुष्टी रहेका बेला सरकार फेर्ने चर्चा सामान्य थिएन ।

अक्सर कम मात्र सार्वजनिक अभिव्यक्ति दिने सभापति देउवा सिहापुरबाट फर्किएपछि पार्टी नेताहरुसँग छलफल गरी प्रधानमन्त्री भेट्न गए । सो बखत प्रधानमन्त्रीले सरकार फेर्ने चर्चा छ , के हो कुरा ? भनेपछि देउवाले आफूले सिंहापुरमा कसैलाई नभेटेको उपचार मात्र गरेर फर्किएको भन्दै सरकार ढाल्ने कुरामा नलाग्ने स्पष्ट पारेका थिए ।

त्यसपछि माधव नेपाल सहित गठबन्धनका अन्य नेता पनि छलफलमा सामेल भएका थिए ।

आफू निकट बालकृष्ण खाँडलाई जेल हालेपछि देउवा बिच्किएको चर्चा चल्दै गर्दा सरकार फर्ने कुरा आएको थियो । उता एमाले पनि आफ्ना नेताहरुलाई जेल पठाएकामा असन्तुष्ट रहेको बुझिएको थियो ।

पार्टी केन्द्रीय समिति र संसदीय दलमा स्पष्ट बहुमतमा रहेका देउवाले सरकार नफेर्ने भनेपछि अन्यको अभिव्यक्तिबाट सरकार तलमाथि नहुने माओवादी नेताहरुको बुझाई रहेको छ ।

गठबन्धनमा समझदारी अनुसार २ वर्ष प्रधानमन्त्री प्रचण्ड रहने र त्यसपछि काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने समझदारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ