समाजवादी मोर्चा बनेपछि देउवा पनि खुसी भएको माधव नेपालको दावी

समाजवादी मोर्चा बनेपछि देउवा पनि खुसी भएको माधव नेपालको दावी

  • आइतवार, असार १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

रौतहट असार १० । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको दाबी गरेका छन् ।  कांग्रेस सभापति देउवाजी मोर्चा गठनले दुस्खी हुनु भयो भनेर गरिएको प्रचारमा अलिकति पनि सत्यता छैन, अध्यक्ष नेपालले भने, मलाई कांग्रेस सभापति देउवाजीले भेटेर समाजवादी मोर्चा गठन गरेको सुनेर म अत्यन्त खुसी भएँ भनेर प्रतिक्रिया दिनु भयो ।

 

गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२ औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा गठनले केही व्यक्तिको होस हवास नै उडेको टिप्पणी गरेका थिए । साथै कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो ।

‘स क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ुनिद हरामु भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।

‘अध्यक्ष नेपालले गौर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै स्थानीय तहले गरेको विकास निर्माणको काममा हुने अनियमितताको निगरानी गर्न स्थानीयालई अनुरोध गरेका थिए । ‘विकासको नाममा भ्रष्टाचार हुन सक्छ तपाइँहरू निगरानी गर्नुस्, उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ