अब यति, ओम्नी र सुरक्षण मुद्रण काण्डको छानविन गर्ने गृहमन्त्री श्रेष्ठको संकेत, दोषी कोही उम्कन नपाउने ?

अब यति, ओम्नी र सुरक्षण मुद्रण काण्डको छानविन गर्ने गृहमन्त्री श्रेष्ठको संकेत, दोषी कोही उम्कन नपाउने ?

  • आइतवार, असार १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

असार १० काठमाण्डौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यति, ओम्नी सुरक्षण मुद्रण लगायतका प्रकरणमा भ्रष्टाचार, अनियमितता देखिए कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले तथ्य, प्रमाण र अनुसन्धानले देखाए कारबाहीको दायरामा जो सुकै आउन सक्ने संकेत दिए ।
यति, ओम्नी र सुरक्षण मुद्रणमा एमाले नेताहरुको नाम मुछिएको थियो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै यति ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी धेरै काण्डहरू छन् त्यो बारेमा गृहमन्त्रालयको ध्यान कता गएको छ कि छैन ? फेरि मिलेमतोमा ढिसमिस हुन्छ कि ?,’ कांग्रेस सांसद रामहरि खतिवडाले सोधे।

उनको त्यो प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले सबै प्रकरणको छानविन हुने र दोषी कार्बाहीमा पर्ने बताए । नेपाल ट्रस्टको अधिनमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट यति समूहलाई भाडामा लगाउँदा अनियमितताको आशंका गरिएको थियो। त्यतिबेला नेपाल ट्रष्टको संरक्षक तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल थिए।

त्यस्तै सुरक्षण मुद्रण छपाइको उपकरण खरिदमा ७० करोड मोलमोलाइ गरिएको अडियो बाहिरिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए।

कोभिड–१९ का बेला प्रक्रिया मिचेर औषधि, उपकरण खरिद् गर्ने जिम्मा ओम्नी समूहलाई दिएको पोखरेल विवादमा आएका थिए।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ