यो वर्ष नेपालमा मलको अभाव हुँदैन : प्रधानमन्त्री

यो वर्ष नेपालमा मलको अभाव हुँदैन : प्रधानमन्त्री

  • शुक्रबार, असार ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, असार ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद अब्दुल खानको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले २०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले अगाडी भने, ‘‘सुरुमा रासायनिक मलका लागि १५ अर्ब रुपियाँ विनियोजन भएप नि थप २३ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ । यसबाट सरकार किसानहरुका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित हुन्छ । मलको आयातमा सङ्घीय मन्त्रालयलाई जिम्मेवार बनाइएको छ भने वितरण कार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएको छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको कुरा पनि म जानकारी गराउन चाहन्छु ।’’

त्यस्तै, यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उनले जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु । २०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ ।

यसै गरी प्रधानमन्त्रीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणमा जोड दिईरहेको भन्दै यस वर्ष साईट क्लियरेन्सको काम सक्ने जानकारी दिए ।

यसै गरी सांसद अजेय चौरासियाले मधेशमा बजेट कम छुट्याईएको भनी गरेको प्रश्नको जवाफ दिने क्रममा मधेशमा बजेट कम परेको कुरा साँचो नभएको भन्दै , पूर्व पश्चिम राजमार्ग, काठमाण्डौँ तराई द्रुत मार्ग, नारायणी अस्पताल, हुलाकी राजमार्ग , औद्योगिक ग्राम जस्ता योजना र परियोजनामा ठूलो रकम विनियोजन भएको बताए ।

यसै गरी पूर्वी पहाडी जिल्लामा बाढी पहिरोबाट भएको सबै क्षतिको प्रत्यक्ष अवलोकन गर्न नसकेको भन्दै प्रधानमन्त्रीले विकास निर्माणको काम शुरु गर्दा भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै थाल्नु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी