आज सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

आज सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

  • शुक्रबार, असार ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ ।

बैठक आज ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसैगरी आजको बैठकमा बिनियोजन बिधेयक २०८० अन्तर्गत बिभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।

संसद सचिवालयका अनुसार जसमा गृह मन्त्रालय,संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुनेछ । त्यसै गरी आजकै बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ