नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

  • बिहिबार, असार ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं । नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ।

बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ। नेकपा एसका बहुसंख्यक सांसद बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको हो ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । बजेट यथास्थितिमा पास गर्न नसकिने नेकपा एसका सांसदहरूले बताउँदै आएका छन् । नेकपा एसका अकिांश सांसदहरुले बजेट संशोधन नगरे पारित नगर्ने जानकारी पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नै दिएका छन् ।

बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष नेपाललाई यथास्थितिमा पास नगर्ने जानकारी गराएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ