समाजवादी मोर्चाका प्रस्तावक बाबुराम भट्टराई नै मोर्चामा नसमेटिएपछि आक्रोशित

समाजवादी मोर्चाका प्रस्तावक बाबुराम भट्टराई नै मोर्चामा नसमेटिएपछि आक्रोशित

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

असार ५ काठमाण्डौँ । समाजवादी मोर्चा निर्माणका एक हिशाबले प्रस्तावक नै रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नै यो मोर्चामा अटाएनन् । खास गरी उपेन्द्र यादवको असहमति पछि बाबुराम रोकिएको बुझिएको छ ।

हिजो मोर्चा घोषणा हुँदा बाबुराम भट्टराई र बामदेव गौतम गएनन् । त्यसपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै बाबुरामले यसलाई कथित समाजवादी मोर्चा भनेका छन् ।

उनले मोर्चालाई सत्ता स्वार्थको हतियार नबनाउन चेतावनी दिएका छन् ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो’, डा। भट्टराईले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’

उता बामदेव गौतम शुरुमा मोर्चामा आउन तयार भए पनि एमालेले ७० वर्षे उमेर हद निलम्बन गरेपछि खुसी भएका थिए । तर पछि पार्टी एकीकरण गर्दा आफ्ना नेता कार्यकर्ताको व्यवस्थापनबारे शुरुवाती शर्त राखेपछि एमाले अध्यक्ष ओलीले अस्वीकार गरिदिएका थिए ।

त्यसपछि एमालेसँगको एकीकरणमा पनि गौतम समुहको ढिलाई भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ