समाजवादी मोर्चा घोषणा आज , कुन कुन दल समेटिदैछन् ?

समाजवादी मोर्चा घोषणा आज , कुन कुन दल समेटिदैछन् ?

  • सोमवार, असार ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

असार ४ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डको पहलमा प्रगतिशील र समाजवादी शक्तिहरूको गठबन्धन समाजवादी मोर्चा आज घोषणा गरिँदै छ। आज अपराह्न ४ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी समाजवादी मोर्चा घोषणा गरिने भएको हो।

यस मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नेपाल समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी सहभागी हुने माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

मोर्चाको नाम ‘समाजवादी मोर्चा नेपाल’ राखिने छ।

नेताहरूका अनुसार मस्यौदामा समाजवादी मोर्चा नेपाललाई अंग्रेजीमा ‘सोसलिस्ट फ्रन्ट नेपाल’ भनिएको छ। आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ। तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ। दलहरूका सदस्यताका आधारमा सो संख्या राखिएको छ। ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ।

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान , देशलाई आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने मोर्चाको प्रतिवद्धता रहेको उनीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ