असार ३ काठमाण्डौँ । माओवादी सहित पाँच दलले भोली समाजवादी केन्द्र घोषणा गर्ने भएका छन् । आज बालुवाटारमा बसेको बैठकले भोली दिँउसो ३ बजे राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम राख्ने निर्णय गरेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको दल सहभागी हुनेछ ।
यो मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ भने यसको संरचना तल्लो स्तरसम्म विकास गर्ने लक्ष्य राखिएको छ ।
यो मोर्चामा बामदेव गौतम पनि सामेल हुने भनिए पनि उनी बालुवाटार नगई केपी ओली भेट्न गएका छन् । उनी एमालेमा जाने बताउदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline