प्रचण्डको पहलमा समाजवादी मोर्चा घोषणाको तयारी, एकीकृत समाजवादी सहितका दलहरु पनि सहभागी हुने

प्रचण्डको पहलमा समाजवादी मोर्चा घोषणाको तयारी, एकीकृत समाजवादी सहितका दलहरु पनि सहभागी हुने

  • शुक्रबार, असार १, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

असार १ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको पहलमा समाजवादी मोर्चा घोषणाको तयारी भएको छ । यसका लागि प्रचण्डले व्यापक स्तरमा छलफल बढाएका छन् ।

यो समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा, विप्लव समुह समेत संलग्न हुने तयारी छ ।

आजै एकीकृत समाजवादीले मोर्चामा सामेल हुने निर्णय गरेको छ । अर्कोतिर बाबुराम भट्टराईले पनि यस अघि पार्टीको बैठकबाट मोर्चामा सामेल हुने र पार्टी एकताको निर्णय गराएका थिए ।

आज पनि प्रचण्ड र बाबुराम बीच मोर्चा निर्माणको छलफल भएको छ । मोर्चाको नेतृत्व दलका प्रमुखहरुले आलोपालो गर्ने गरी मोर्चा तल्लो स्तर सम्म पुर्याउने सहमति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ