जेठ ३२ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको दावी गर्दै पर्यटनमन्त्रीले स्टन्ट मात्रै गर्ने गरेको टिप्पणी गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा विचौलियाले अपचलन गरेको बताउदै पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाए ।
सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको बताए ।
उनले नेपाल वायुसेवा निगमको थन्किएको जहाजलाई व्यवस्थापन गर्न र आर्थिक अवस्थाबारे संसदमा जानकारी गराउन पनि माग गरे ।
यस अघि आले पर्यटन मन्त्री बनेर काम गरीसकेको अनुभव छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline