३१ जेठ, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिने स्पष्ट पारेका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने चलखेल भएको जिकिर गरे ।
‘प्रचण्ड र मलाई मुद्धा हालेको बिषय यो एक प्रकारको पुरानो घाउलाई कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ, त्यसमै केही पात्रहरुलाई उभ्याएको मात्र हो,’ उनले भने, ‘यसलाई म गम्भीरतापूर्वक लिन चाहन्न ।’
पूर्वबालसैनिक लेनिन विष्टले आफूलाई बालसैनिक बनाएर प्रचण्ड र बाबुरामले युद्ध अपराध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
भट्टराईले बृहत शान्ति सम्झौताले यस्ता विषय हल गरिसकेको बताउँदै शान्ति प्रक्रियाका सबै काम सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमार्फत हुने बताए ।
‘पुराना कुरालाई कोट्याएर सबैलाई मुद्धा मामिलातिर हामी गयौं भने यसको अर्थ देशलाई फेरि द्वन्द्वमा लाने भन्ने हुन्छ । उनले भने ।