अब देउवाले पार्टी सभापति छाड्नु पर्छ, प्रधानमन्त्री पनि बन्नु हुँदैन : गगन थापा

अब देउवाले पार्टी सभापति छाड्नु पर्छ, प्रधानमन्त्री पनि बन्नु हुँदैन : गगन थापा

  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

जेठ ३० विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

थापाले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकार समेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने बताए ।

थापाले जनताले कांग्रेसबाट अब नयाँ प्रधानमन्त्रीको खोजी गरेको उनले दाबी गरे । सभापतिले आफ्नो र पार्टी हितका लागि भएपनि पद छोड्नु पर्ने उनले बताए ।

‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागू गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । ’ उनले भने ।

साथै थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ