जेठ ३० काठमाण्डौँ । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।
उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।
पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ।
अहिले गंगालालका निर्देशक डा। चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ। चिकित्सकहरुले मुटुको परीक्षणपछि बुधबार मात्रै उनलाई शीतल निवास फर्काउने बताएका छन्।
पौडेललाई अस्पताल भर्ना गरिएकोबारेमा अहिलेसम्म राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही सार्वजनिक गरेको छैन। राष्ट्रपति यस अघि भारत पुगेर उपचार गरेर फर्किएका थिए ।