७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलतः पोखरेल

७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलतः पोखरेल

  • सोमवार, जेष्ठ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

जेठ २९, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउन नसक्ने बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नु गलत रहेको बताएका हुन् ।

पोखरेलले पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै रहेको पनि बताए । नेकपा एमालेले हालै पार्टीमा ७० वर्षे उमेरहद हटाएसँगै अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलाएको भन्दै टिप्पणी पनि भएको छ । सोही निर्णयप्रति लक्षित गर्दै नेता पोखरेलले यस्तो बताएका थिए ।

नेकपा एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए । यस क्रममा उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको पनि बताएका थिए ।

साथै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको उनको भनाइ थियो ।

‘नेकपा एकीकृत समाजवादीका तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत उहाँलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा हामीले उमेरहद स्थगन गरेका छौँ । तर त्यसले नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी हो भन्ने कुराका सन्दर्भमा प्रश्न उठाउनुपर्ने विषय नै होइन । नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ । चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिस्ट पार्टीहरुका बारेमा, नेता पोखरेलले भने ।

यस्तै पुष्पकमल दाहाल २०४५ सालदेखि लगातार प्रमुख पदमा रहेको सन्दर्भ जोड्दै उनले एमालेमा ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रमुख बनेको बताए ।

ुएकतातिर एक जना मात्रै नेता, अर्कोतिर ५ जना नेता भएको पार्टी हो, पोख्रेलले भने, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन, ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने, लोकतान्त्रिक विधि रोकिने भन्ने होइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ