जेठ २८ काठमाण्डौ । १५ दिन लामो अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणपछि फकिएका माधव नेपालले पटक पटक बजेट सच्याउनु पर्ने नत्र सरकार ढाल्ने धम्की दिँदै आएका छन
।
हिजो नेकपा विभाजन गर्नेदेखि प्रचण्ड नेतृत्वको सरकार ढाल्ने सम्मको कदममा अगुवाई गरेका माधव नेपाल फेरी पनि पटक पटक सरकार ढाल्ने धम्की दिन व्यस्त छन् ।
उनी दिनहुँ बजेट नसच्चिएर सरकार ढाल्ने बरु तर बजेट पारित हुन नदिने धम्की दिईरहेका छने । उनको यो दोहोरो चरित्रको भूमिका भने जनताले मन पराएका छैनन् ।
माधव नेपालको पटक पटकको सार्वजनिक धम्कीले. सरकार ढल्ने वा अगाडी बढ्ने भन्ने कुरामा उनको भूमिका निर्णायक देखिन्छ ।
हिजो नेकपा विभाजनमा पनि निर्णायक भूमिका देखिएमा माधव नेपालले यो सरकार ढाल्न पनि भूमिका खेलेमा उनको राजनीतिक जीवनमा गंभीर प्रश्न उव्जने खतरा छ ।
अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट तीन जिल्ला ९गोरखा, डडेलधुरा र नुवाकोट० केन्द्रित भएको बताउँदै आएका छन् । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ ।
रा