लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्छ : देउवा

लोकतन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनुपर्छ : देउवा

  • शनिबार, जेष्ठ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि काँग्रेस बलियो हुनु जरुरी रहेको भन्दै सबै एकतावद्ध हुन अपील गरेका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकीर गरे।

‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लडदै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पु¥याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ,’ देउवाले भने, ‘त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ।

साथै, उनले सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए।

सभापति देउवाले पार्टीमा योग्य, जुझारू र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए।

‘
सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

‘यदी सहमती हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन। तर, त्यसका लागि समय लाग्दछ। योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनु पर्छ। त्यसमा लाग्ने कुरा प्रतिवद्धता जनाउन चाहन्छु। हामी सबै एक भएर जाऊ,’ देउवाले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ