२७ जेठ, भक्तपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै आक्रोश समेत व्यक्त गरे ।
नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उनको तर्क थियो ।
नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटकपटक दोहो¥याए ।
कोइरालाले कांग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतितबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उनले बताए ।
कोइरालाले कांग्रेस कमजोर नभएको तर कांग्रेसको मानसिकता कमजोर भएको बताए ।
कोइरालाले कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ’सामाजिक सञ्जालमा राम्रो लेखेर वा नराम्रो लेखेर, गाली गरेर कांग्रेस नबन्ने बताउँदै उनले जनताको सुखदुखमा कसरी सामेल हुन्छौं त्यसमा भरपर्छ। ’
कोइरालाले निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे। उनले सरकारले निर्वाचन कार्यालयलाई सिडीयो मातहतमा राख्नु गलत भएकाले सच्याउनुपर्ने स्पष्ट पारे।
उनले बजारमा मंहगी बढेपनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए। कोइरालले कांग्रेसमा गुटउपगुट हुनु नहुने बताए। उनले भने, ’कांग्रेस नेताले आफ्नो कमजोर ढाकछोप गर्न राजाले बोल्दा गणतन्त्र गयो भन्छन्। तर जाँदैन। हामी समानताको पक्षमा छौं।’