बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी सहित बिचार मिल्ने दलसँग एकता गर्ने

बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी सहित बिचार मिल्ने दलसँग एकता गर्ने

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

जेठ २६ काठमाण्डौँ । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । श

पार्टी एकताअघि एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मेर्चा बनाउँदै एकताको पहल अघि बढाउने समाजवादीको निर्णय छ । शुरुमा बिचार मिल्नेहरुबीच समाजवादी मोर्चा वा ध्रुवीकरण गर्दै पार्टी एकताका लागि अघि बढ्ने निर्णय भएको हो ।

समाजवादी केन्द्र(ध्रुव निर्माणका लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गर्ने प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले थप निर्णय गर्ने समाजवादीले जनाएको छ ।

केन्द्रीय समितिले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव व्यापक छलफल गरी एकमतले पारित गरेको छ ।

यस अघि निर्वाचनताका पनि माओवादी र नेसपाबीच पार्टी एकताको प्रारम्भिक समझदारी बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ