देशमा प्रचुर संभावना हुँदा हुँदै भीख माग्ने परम्परा दुखःद : प्रधानमन्त्री प्रचण्ड

देशमा प्रचुर संभावना हुँदा हुँदै भीख माग्ने परम्परा दुखःद : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आफैमा सुनको कचौरा जस्तो भएपनि अरुसँग भिख माग्दै हिँड्ने गरेको टिप्पणी गरेका छन् ।

पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुःखद भएको बताएका हुन् ।

“प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ । तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन् । नेपाल आफैमा सुनको कचौरा जस्तो छ ” । प्रचण्डले भने, ‘हामी दुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ । सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ । यो एउटा विडम्बना हो । नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो ।’

हाम्रो इतिहास र विरासत यस्तो होइन’ प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ । वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ ।’

उनले अब सबैले सोच्नु पर्ने समय आएको र समृद्धिका लागि सबै एकतावद्ध भएर जानु पर्ने आवस्यकता रहेको बताए ।

प्रधानमन्त्रीले वैदेशिक रोजगारीबाट युवाहरुले विभिन्न ठक्कर, हण्डर खाँदै सकारात्मक नकारात्मक अनुभव सहित नेपाल आएका युवाहरु नयाँ रुपले संगठित भएकोमा बधाई दिए ।

युवाहरुले अघि सारेको उदेश्य देश निर्माणको, देश भक्तिको र देशको अर्थतन्त्र निर्माणको निम्ती सन्देश जाने भन्दै रिटर्नी नेपाललाई धन्यवाद दिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ