जिल्ला निर्वाचन कार्यलय खारेज नगर्न दलहरु सहमत

जिल्ला निर्वाचन कार्यलय खारेज नगर्न दलहरु सहमत

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

जेठ २६ काठमाडौं । निर्वाचन आयोग र विभिन्न राजनीतिक दलहरुबीच जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने निर्णय फिर्ता लिने सहमति भएको छ ।

शुक्रबार आयोगले प्रमुख राजनीतिक दलसहित विभिन्न १२ वटा दलसँग गरेको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी इकाइ खडा गर्ने काम नेपालको संविधान र प्रचलित कानुन विपरित हुने भएकाले यसलाई फिर्ता लिनुपर्ने समझदारी भएको हो।

छलफलका क्रममा कार्यालय खारेज गर्ने विषयमा सरकारबाट कुनै निर्णय भएको भए तत्काल उक्त निर्णय फिर्ता लिई जिल्ला निर्वाचन कार्यालयहरु यथावतरूपमा सञ्चालनका लागि आवश्यक स्रोत साधान उपलब्ध गराउन आयोगमार्फत् सरकारलाई लेखी पठाउने निर्णय भएको छ।

छलफलपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्न नहुने भन्दै जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै अंगका रूपमा राखिनुपर्ने बताए।

त्यस्तै एमाले निर्वाचन विभागका सचिव केदार कोइरालाले निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्ताव संविधान विपरित र आयोगको स्वायत्ता विपरित रहेको बताए।

त्यस्तै माओवादी केन्द्रका नेता मुक्ति प्रधानले कानुनमा नभएको विषयलाई सरकारले अघि बढाउन खोज्नु स्वीकार्य वषय नभएको बताए।

छलफलपछि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा निर्वाचन इकाइ खडा गर्ने कामले आयोगको स्वतन्छता र स्वतन्त्रतामा आघात पुग्नेमा दलहरूको बुझाइ रहेको बताए। उनले छरिएर रहेका निर्वाचन कानुनलाई एकीकृत गर्नेगरी आयोगले विधेयक तयार गरेको र यस विषयमा दललाई जानकारी गराइएको बताए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ