जेठ २६ काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ। जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न आयोगले राजनीतिक दलहरूलाई बोलाएको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो । प्रवक्ता पौडेलका अनुसार बैठकमा निर्वाचन आयोगको कार्यालय खारेज गर्ने सरकारको निर्णयलगायत विभिन्न पाँच विषयमा छलफल गरिनेछ।
सरकारले आर्थिक वर्ष २०८०÷०८१ बाट ७७ वटै जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ।
यसअघि आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline