जेठ २५ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई उचालेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाँउदै यसमा मुख्य देशद्रोही प्रचण्ड र नारायणकाजीको भूमिका रहेको जिकिर गरेका छन् । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गने क्रममा उनले पहिचानका नाममा मान्छेलाई भड्काउने काम प्रचण्डले गरेको आरोप लगाए ।
प्रचण्डपथका नाममा आफूमाथि जहाँ गयो त्यहीँ आक्रमण गराईएको भन्दै उनले माओवादी बिरुद्ध आक्रोश पोखे । प्रचण्डपथ अझै नसकिएको भन्दै उनले एमालेले पहिचानको नाममा जात जातीको राज्य बनाउन नदिने स्पष्ट पारे ।
पहिचानका नाममा भएका हमलाहरुबाट एमाले नडराउने भन्दै दृढतापूर्वक पार्टी तयारीका साथ अब दनक दिन अघि बढ्ने बताए । पहिचानवादीका नाममा लागेकाहरुलाई संरक्षण प्रचण्डले गरेको र प्रचण्डपथ देशद्रोही र अपराधीपथ भएको ओलीको जिकिर छ ।
एमाले केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजिएको कार्यक्रममा जानकारी गराइएको थियो ।