कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने माओवादीको निर्णय

कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने माओवादीको निर्णय

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

जेठ २२ विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ।

सोमबार विराटनगर स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले बताए।

बैठकले नयाँ सरकार गठनको पहल थाल्न माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा समिति पनि गठन गर्ने निर्णय गरेको छ। समतिका अन्य सदस्यहरूबारे भने कुनै जानकारी दिइएको छैन।

उप्रेतिले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे बैठकले कुनै निर्णय नगरेको र मंगलबार पार्टीका अन्य नेताहरूसँगसमेत बैठक बसेर निर्णय गर्ने जानकारी दिए। ‘बैठकले नयाँ सरकार गठनको पहल थाल्न समिति गठन गर्ने निर्णय गरेको छ’ उप्रेतिले भने‘ एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तालिनेबारे पार्टीको प्रदेश कमिटीका नेताहरूसँग मंगलबार बैठक बसेर छलफल गर्ने निर्णय बैठकले गरेको छ।’

कोशी प्रदेशमा हाल एमाले नेतृत्वको सरकार छ। जसमा मुख्य घटक माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्रले सरकार छाडेको अवस्थामा हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा पर्ने छ। सत्तारुढ गठबन्धनमा आबद्ध रहेको जसपाले प्रदेशसकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

कोशी प्रदेशमा एमालेको सरकार ढाल्न काँग्रेसले निरन्तर माओवादीलाई आग्रह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ