जेठ २२ काठमाण्डौँ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डले भारतमा दिएको अभिव्यक्तिका कारण देश तरगिंत बनेको दाबी गरेका छन् ।
आज संसदमा बोल्दै ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा दिएर बंगलादेशसम्म जाने बाटो लिन सकिने भन्ने कुरा गलत र कमजोर रहेको बताए ।
उनले प्रधानमन्त्रीको भारत भ्रमण फितलो रहेको भन्दै बंगलादेशसम्म जाने बाटो दिन भारत पहिल्यै सहमत भईसकेको बताए ।
प्रतिनिधि सभाले सर्वसम्मत रुपमा पारित गरेको नेपालको नक्सा र भूमि सुगौली सन्धिले तोकेको भएकाले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिन नसकिने ओलीले स्पष्ट पारे ।
्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline