ओली सहित एमाले सांसदहरु उभिएर होहल्ला गरेपछि प्रधानमन्त्रीको संवोधन नै अबरुद्ध
जेठ २२ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डलाई संसदमा बोल्न एमाले र रास्वपा र राप्रपाका सदस्यहरुले अवरोध गरेका छन् । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली , रास्वपाका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङदेन सहित सांदहरु उभिएका थिए ।
त्यसपछि सांसदहरुले होहल्ला गर्न थाले । त्यसपछि मर्यादापालकहरु तैनाथ भएका थिए । प्रधानमन्त्रीले भारत भ्रमण र नागरिकता बिधेयकबारे बोलेपछि सांसदहरुलाई प्रश्न गर्न दिईएको थियो । त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले विभिन्न प्रश्न राखेका थिए ।
त्यसपछि फेरी सभामुखले प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्नको जवाफ दिन समय दिएका थिए । उनले नागरिकता बिधेयक अघिल्लो सदनले दुई पटक पारित गरीसकेर राष्ट्रपति कार्यलयमा थन्किएको अवस्थामा राष्ट्रपतिले प्रमाणिकरण गरेको भन्दा भन्दै एमाले सांसदहरुले उठेर हंगामा शुरु गरेका थिए । त्यसलाई साथ दिए रास्वपा र राप्रपाका सांसदले ।
त्यसपछि प्रधानमन्त्रीलाई बोल्न रोकेर सभामुखले पटक–पटक सांसदहरुलाई बस्न आग्रह गरेपनि उनीहरु बसेनन् । त्यसपछि एमालेका रघुजी पन्तले फेरी प्रधानमन्त्रीको आलोचना गरे । त्यस बीचमा सत्तापक्षका सांसद पनि उठेर प्रतिवादमा उत्रिएका थिए ।
त्यसपछि काँग्रेस महामन्त्री एवं सांसद विश्व प्रकाश शर्माले बोलेका छन् । उनले प्रधानमन्त्रीले सदनमा बोल्न पाउनु पर्ने बताए ।