वित्तीय दलालको स्वार्थमा गणतन्त्रको विरोध भईरहेको छः देव गुरुङ

वित्तीय दलालको स्वार्थमा गणतन्त्रको विरोध भईरहेको छः देव गुरुङ

  • आइतवार, जेष्ठ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

जेठ २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुबै देशबीच पारवहान, सीमा, ऊर्जालगायत महत्वपूर्ण सहमति भएको गुरुङले बताए ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहान, ऊर्जासहित सात बुँदे सहमति भएको छ । यो उपलब्धीमूलक हो । यसबाट दुबै देशले फाइदा लिन सक्नुपर्छ” गुरुङले भने ।
कार्यक्रममा बोल्दै गुरुङले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको अर्को विकल्प नभएको बताए । संसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।
राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।
“नेपालमा वित्तीय एकाधिकार पुँजीपति वर्गले परनिर्भरतातिर धकेलिरहेको छ । यसले राष्ट्रिय स्वाधिनतालाई बलियो हुन दिँदैन । लोकतान्त्रिक गणतन्त्रले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउछ कि भन्ने चिन्ता भएकै कारण केही व्यक्तिले विरोध गरिरहेका छन् । गणतन्त्रको विरोध जनताले गरेका होइनन्, अस्थिरता निम्त्याएर नेपालीलाई परनिर्भर बनाउँने वित्तीय दलालको स्वार्थमा हो” गुरुङले भने ।
कसैले चाहदैमा गणतन्त्र उल्टिन नसक्ने भन्दै गुरुङले सबै मिलेर वित्तीय एकाधिकार पुँजीबाट देशलाई मुक्त लाग्नुपर्नेमा जोड दिए ।
संचारकर्मीको प्रश्नको जिज्ञासामा बोल्दै गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको बताए । सरकारले छानविन गरेर दलालमा पेश गरेको र अदालतले हेरिरहेको बताउँदै गुरुङले दोषीलाई सरकारले नछोड्ने र निर्दोशलाई नफसाउने बताए । शरणार्थी प्रकरण गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उन्मुक्ति दिन नहुने आफ्नो पार्टीको धारणा भएको गुरुङले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ