काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए ।
आज संसदमा एमाले, रास्वपा र राप्रपाले संसद अवरुद्ध गरेका थिए । यस अघि नीति कार्यक्रम पेश भए लगत्तै पशुपतिको सुनको जलहरीको विषयमा माओवादी सांसदले ओलीको नाम जोडेपछि एमालेले अवरोध गरेको थियो । त्यो पछि खुलेको थियो ।
अब बजेटमा छलफल गर्नु पर्ने समयमा एमाले सहितका दलले फेरी संसद अवरुद्ध पार्न शुरु गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline