प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलव्धि मुलक, सीमा समस्याका लागि कुटनीतिक संयन्त्र बन्ने, मोदी नेपाल आउने : दुतावास

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलव्धि मुलक, सीमा समस्याका लागि कुटनीतिक संयन्त्र बन्ने, मोदी नेपाल आउने : दुतावास

  • शनिबार, जेष्ठ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

जेठ २० काठमाण्डौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणबारे दिल्लीस्थित नेपाली दूतावासले उपलव्धिमुलक भएको बताएको छ । विज्ञप्ति जारी गरी दुतावासले प्रधानमन्त्रीको ४ दिने भ्रमण पूर्ण रुपमा सफल र उपलब्धीमुलक रहेको उल्लेख गरेको छ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेको दूतावासले जनाएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमा समस्यालाई समाधान गर्न द्वीपक्षीय कूटनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव पनि गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार नयाँ हवाई रूटसहितका विषयमा भने छलफल गरेर पनि सम्झौता नभएको तर भारतले सकारात्मक जवाफ दिएको जनाएको छ।

यो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई चाँडै नेपाल भ्रमणमा आउन निम्ता समेत दिएको पनि दूतावासले विज्ञप्तिमार्फत बताएको छ।

समकक्षी मोदीले सकेसम्म छिट्टै नेपाल आउन चाहेको जवाफ दिएको पनि दुतावासले जनाएको छ ।

Press Release on Rt. Hon. Prime Minister’s Official Visit to India

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ