जेठ १९ काठमाण्डौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशको ईन्दौरमा भव्य स्वागत गरिएको छ । दिल्लीबाट बिशेष विमानमा ईन्दौर पुगेका प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले विमानस्थलमा स्वागत गरेका थिए ।
विभिन्न सांस्कृतिक झाँकी सहित नागरिकहरुले पनि हातमा दुबै देशको झण्डा बोकेर नेपालका प्रधानमन्त्रीको स्वागत गरेका थिए ।
ईन्दौरबाट उज्जैन पुगेका प्रधानमन्त्री प्रचण्डले त्याहाँ रहेको प्रशिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । उनले १०८ किलो रुद्राक्ष चढाएका छन् ।
प्रचण्ड भोली दिल्ली हुँदै काठमाण्डौँ फर्कने छन् ।
![]()
![]()
![]()
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline