जेठ १८ काठमाण्डौँ । चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार अपरान्ह भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकाा छन् । भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको हो।
भेटका क्रममा दुई देशबीचको हितका विभिन्न विषयमा कुरा भएको थियो ।
त्यसअघि प्रचण्ड र भारतीय उपराष्ट्रपति जग्दीप धनखरबीच नयाँदिल्लीमा भेटवार्ता भएको थियो।
प्रधानमन्त्रीले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा दुई देशबीच विभिन्न समझदारी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline