सर्पकाण्डमा दोषी भए आफू हत्कडी लगाउन तयार रहेको झलनाथ खनालको स्पष्टोक्ति

सर्पकाण्डमा दोषी भए आफू हत्कडी लगाउन तयार रहेको झलनाथ खनालको स्पष्टोक्ति

  • बिहिबार, जेष्ठ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जेठ १८ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भ्रष्टाचार निवारण गर्ने हो भने आफैंलाई छानबिन गर्न आग्रह गरेका छन् । पार्टीसम्बद्ध युवा संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सर्प कान्ड भनेर आफूलाई बदनाम गर्न खोजिएको बताए।

‘सर्पदंशबाट बचाउन भेनम उत्पादन गर्ने भनेर परियोजना अघि बढाइएको छ। यसमा मेरो कुनै संलग्नता भेटियो, एक पैसा, एक लालमात्रै दुरूपयोग भएको छ भने म अहिले नै हतकडी लगाउन तयार छु,’ उनले भने, ‘म चुनौतीका साथ भन्छु, यी साइबर स्यालहरूलाई, यो देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग र अरू निकायहरूलाई पनि भन्न चाहन्छु, मेरो छानबिन गर्नुस्। देशमा भ्रष्टाचार निवारण गर्ने हो भने झलनाथ खनालबाट छानबिन सुरू गर्नुस्।’

उनले २०७० सालमा चुनाव प्रचारका क्रममा सर्लाहीमा सर्पले डसेर मृत्यु भएको बालकको घरमा पुगेको र त्यही पीडाबाट विक्षिप्त भएर पार्टीकै नेताहरूले भेनम उत्पादन गर्ने परियोजना अघि बढाएको प्रष्टीकरण दिए। नाम राख्न स्वीकृति दिएको तर आफ्नो सलग्नता नरहेको उनले बताए।
नेता खनालले निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको अवमूल्यन गरेको बताएका छन्।

उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाउने अधिकार सभामुखमा निहित भएकाले अहिले गलत बाटोबाट जारी भएको पनि बताए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ