प्रधानमन्त्री प्रचण्ड आज चार दिने औपचारीक भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज चार दिने औपचारीक भारत भ्रमणमा जाँदै

  • बुधबार, जेष्ठ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ जेठ १७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने औपचारीक भ्रमणका लागि भारत जाँदैछन् । आज दिँउसो १ : ३० बजे नेपाल वायु सेवा निगमको जहाजबाट प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डल दिल्ली जानेछ ।

प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशसचिव एस जयशंकरलगायतसँग भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्रीलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच प्रधानमन्त्री मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले भारतीय बुद्धिजीवी र दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसअघि बुधबार भने प्रधानमन्त्री नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
यस क्रममा सीमा विवाद, उर्जा व्यापार, लगानी एवं व्यापार घाटा, हवाई प्रवेश विन्दु जस्ता मुद्धामा छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ