सांसद विकास कोष योजना हैन बाध्यता हो, व्यवस्थित गर्छौः प्रचण्ड

सांसद विकास कोष योजना हैन बाध्यता हो, व्यवस्थित गर्छौः प्रचण्ड

  • मङ्लबार, जेष्ठ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

जेठ १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद्‍ विकास कोषका लागि बजेटमार्फत् रकम छुट्याउनु आफ्नो योजना नभएर बाध्यता रहेको बताएका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले सांसद विकास कोष योजना नभएर बाध्यता भएको दाबी गर्दै यस्लाई कार्यविधि बनाए व्यवस्थित गर्ने बताए ।

यस क्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताएका थिए । माओवादीका सांसदहरूलाई बजेटको बचाउ गर्न पनि उनले निर्देशन दिएका थिए ।

सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा उपस्थित एक सांसदले भने । यसका लागि सबैतिरबाट दबाब आएको प्रधानमन्त्रीको भनाइ थियो । तर दबाब कसले दिएको भनी किटान गरेका थिएनन् । तर यसलाई कार्यविधि बनाएर लैजाने उनको भनाइ थियो ।

सोमबार प्रस्तुत भएको बजेटमा सांसद विकास कोषका लागि बजेट छुट्याइएपछि आलोचना भइरहँदा यसबारे प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रतिक्रिया दिएका हुन् ।

ती सांसदका अनुसार प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणको क्रममा सरकार ढले पनि आफूले सम्झौता नगर्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री प्रचण्डलेले भारत भ्रमणको क्रममा सकेजति राम्रो गर्ने र यसमा सकारात्मक सम्भावना रहेको बताएका थिए । भ्रमणबाट राम्रो सन्देश जाने गरी तयारी गरेको पनि उनको भनाइ थियो ।

बैठकमा योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र सदस्य रामप्रसाद फुयाल पनि सहभागी थिए । बैठकमा बजेटबारे कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ