भारतीय संसद्‌को मुरल मा नेपाली भूमिको नाम रहेको कुरा सरकारको नोटिसमा छः शक्ति बस्नेत

भारतीय संसद्‌को मुरल मा नेपाली भूमिको नाम रहेको कुरा सरकारको नोटिसमा छः शक्ति बस्नेत

  • मङ्लबार, जेष्ठ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

जेठ १६, काठमाडौँ । ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद् भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमि पनि रहेको भन्ने कुराको जानकारी नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको प्रविधि तथा विकास समितिको बैठकमा आज प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमिको नाम रहेको मुरल राखिएको सार्वजनिक भएको विषयमा प्रश्न गरेपछि जवाफ दिँदै मन्त्री बस्नेतले सरकारको नोटिसमा उक्त कुरा रहेको बताएका हुन् ।

सांसद गैरेले प्रश्न गर्दै सोधेका थिए, तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ । भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ । यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु ।

जवाफमा मन्त्री बस्नेतले यो विषय सरकारको नोटिसमा रहेको जानकारी दिदैँ भने, कुन प्रकृतिको हो बुझ्न आवश्यक छ । मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको पनि बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । जसमा पाँच मन्त्री सहभागी छन् । भारतले केही दिन पहिले मात्रै नयाँ संसद् भवनमा भारतको अखण्ड भारत नक्सा राखेको थियो । जसमा लुम्बिनी र कपिलवस्तुलाई पनि भारतभित्र देखाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ